अदालत

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

इकागज |
साउन २२, २०७९ आइतवार १६:२७ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सामान्य छलफल पछि महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएको हो । 


बैठकमा महाभियोग प्रस्ताव महाभियोग सिफारिस प्रस्ताव समितिमा पठाइयोस भन्ने सभामुखको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो । 

अब समितिले तीन महिनाभित्र सदनमा प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रधानन्यायधिशविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । 


Author

थप समाचार
x