अदालत

चोलेन्द्रको बयान मंगलबार सक्ने

इकागज |
भदौ २७, २०७९ सोमबार १०:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भाेलि (मंगलबार) महाअभियोग सिफारिस समितिले बयान लिँदैछ ।

आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो । मंगलबार सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउने छ । 


प्रतिनिधि सभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले मंगलबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँडै प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने छ । त्यसपछि संसदमा जबरा विरुद्धको महाअभियोग प्रस्ताव निर्णयार्थ पेस गरिने छ ।

एमालेले साथ दिए महाअभियोग पास हुन्छ, नभए हुन्न । त्यही भएर अहिले जबरा एमालेले आफूविरुद्ध मत नदिनेमा ढुक्क देखिएका छन् ।


Author

थप समाचार
x