अदालत

चोलेन्द्रले डामेका न्यायाधीश नआउने भएपछि महाभियोग समितिको बैठक सर्‍यो

इकागज |
भदौ ३०, २०७९ बिहीबार ९:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- आज  बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । 


तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ ।

समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।  


Author

थप समाचार
x