अदालत

परिवर्तनको अनुभूतिका लागि आवश्यक ऐनहरू संसद्‍मा आउन सकेन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

इकागज |
असोज ११, २०७९ मंगलबार १७:४८ बजे

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घन गर्ने कार्य राजनीतिक कदम हुने परिस्थितिले लोकतन्त्रसँग सुदृढ हुन नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित सङ्घीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनमाथिको छलफलमा श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने समेत बताए । संविधान उल्लङ्घनलाई अपराधीकरण गर्नुपर्ने र राजनीतिक मतान्तरण भयो भनेर संविधान उल्लङ्घन गर्न नपाइने उनले बताए ।


उनले संघीयता सम्बन्धी आवश्यक ऐन नबनाउँदा प्रदेश र स्थानीय तहमा त्यसको असर देखिएको जिकिर गरे । संसद्‍बाट केही कानुन बनेको भन्दै कति उपलब्धि मान्ने भन्ने प्रश्न उठेको उनको भनाइ छ । उनले परिवर्तनको अनुभूतिका लागि आवश्यक ऐनहरू संसद्‍मा आउन नसकेको धारणा राखे ।

कार्यक्रममा पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा देखिएको अस्थिरताले मुलुकका समस्यालाई प्राथमिकीकरण गर्न नसकेको धारणा राखे ।


Author

थप समाचार
x