अदालत

सर्वोच्च अदालतका दुई न्यायाधीशको शपथग्रहण

इकागज |
बैशाख ८, २०७८ बुधबार १३:३८ बजे

काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुँडाल र नहकुल सुवेदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार दुवै न्यायाधीशलाई शपथग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेकी थिइन् । 



Author

थप समाचार
x