अदालत

धर्नामा बसेका कानुन व्यवसायीमाथि तारा बरालले गरिन् जुत्ता प्रहार

इकागज |
मंसिर २१, २०७९ बुधबार १६:१ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ । 

आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वोच्च अदालत जबरा आउने भएपछि सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो । 


कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । आफूलाई अभियान्ता बताउने तारा बरालले कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी हुन् । 

जबराको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।  
 


Author

थप समाचार
x