अदालत

संवैधानिक इजलासमा बहस : रवि लामिछानेको सांसद पद स्वत: खारेज भागी छ

इकागज |
पुस २२, २०७९ शुक्रबार १४:१ बजे

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा शुक्रबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भइरहेको हो । 

प्रारम्भमा रिट निवेदकको तर्फबाट बहस भएको छ । बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायीहरूले रवि लामिछानेको सांसद पद खारेज भागी रहेको जिकिर गरेका छन् । 


बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, रमण कर्णसहितका कानुन व्यवसायीले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद स्वतः खारेज हुने जिकिर गरेका हुन् । 

अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको र स्वतः खारेज भएको नेपाली नागरिकता बुझाएर प्रनिधिसभा सदस्य निर्वाचनमा भाग लिएकाले लामिछानेको सांसद खारेज हुनुपर्ने उनीहरूले माग गरेका छन् । 

नेपाली नागरिकले मात्र निर्वाचनमा भाग लिन पाउने रिट निवेदकतर्फका कानुन व्यवसायीले लामिछानेको उम्मेदवारी अवैध घोषित गरेर सांसद पद स्वतः खारेज हुनुपर्ने तर्क गरेका हुन् । 
 


Author

थप समाचार
x