अदालत

सन्दीप विदेश जान पाउने कि नपाउने ? आज पनि मुद्दाको सुनुवाइ हुँदै

इकागज |
फागुन १५, २०७९ सोमबार ६:५५ बजे

फाइल तस्बिर

काठमाडौं - नाबालिग बलात्कार अभियोग लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । आइतबार आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिममा मुद्दा हेर्दाहेर्दैमा राखिएपछि आज पनि सुनवाइ हुन लागेको हो । 

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।


एक नाबालिगमाथि बलात्कार गरेको आरोपपछि लामिछानेले गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए । उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई विदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशविरुद्ध लामिछाने सर्वोच्च गएका हुन् ।

सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाइपछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसाल हुने छ । 


Author

थप समाचार
x