अदालत

न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सर्वोच्च बारको आग्रह

इकागज |
फागुन २३, २०७९ मंगलबार २२:७ बजे

फाइल फोटो

काठमाडौँ - सर्वोच्च अदालत बार एसोसिएसनले शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।
 
सर्वोच्च बारको आज बसेको आकस्मिक कार्यसमितिको बैठकले नेपालको संविधानले अङ्गीकार गरेको शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका तथा स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई पालना गरी न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सबै राजनीतिक दललगायत सम्बद्ध सबैमा आग्रह गरेको हो ।
      
नेपालको संविधानले स्वतन्त्र न्यायपालिका, विधिको शासनको पूर्ण प्रत्याभूत गरेको परिप्रेक्ष्यमा अदालतमा कुनै मुद्दा दर्ता हुने नहुने विषय र त्यसमा कानूनबमोजिम निर्णय गर्न अदालत पूर्ण स्वतन्त्र हुने सर्वोच्च बारले बताएको छ । 
रासस



Author

थप समाचार
x