अदालत

महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन दरपिठ

इकागज |
फागुन ३०, २०७९ मंगलबार १६:२९ बजे

फाइल फोटो

काठमाडौं  - सर्वाेच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ ।

पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वाेच्च अदालतले सोमबार दरपिठ गरिदिएको हो । 


३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ । 
 


Author

थप समाचार
x