अदालत

क्रिकेटर लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

इकागज |
चैत २६, २०७९ आइतबार ९:४० बजे

फाइल तस्बिर

काठमाडौँ - बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।  जिल्ला अदालत काठमाडौंले आजका लागि मुद्दाको पेसी तोकेको हो । 

मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ । 


पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । 

परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। 

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।


Author

थप समाचार
x