अदालत

चोलेन्द्र शमशेरको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनुवाई हुँदै

इकागज |
जेठ ३, २०८० बुधबार १२:७ बजे

फाइल फोटो

काठमाडौं - तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सम्बन्धी रिटको सुनुवाई आज संवैधानिक इजालासमा हुँदैछ ।​

संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेशन समाप्त भएकाले राणा माथि लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संवैधानिक इजालासमा सुनुवाई हुन लागेको हो । 


कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ ।

गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाई स्थगित गरिएको थियो ।


Author

थप समाचार
x