अदालत

सर्वोच्चमा 'भर्चुअल बहस'को सुरूवात

इकागज |
जेठ ४, २०७८ मंगलबार १४:५७ बजे

काठमाडौँ : सर्वोच्च अदालतमा आजदेखि भर्चुअल प्रविधिबाट बहसको सुरूवात भएको छ । सर्वोच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट अथवा सर्वोच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको छ । आ न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट सर्वोच्च अदालतले भर्चुअल बहसको व्यवस्था मिलाएको थियो ।

आजको बेञ्चमा बन्दी प्रत्यक्षिकरणसम्बन्धी ६ वटा निवेदनको सुनुवाइ भएको थियो । सुरूवातको चरणमा एउटा बेञ्चबाट भएको बहसलाई सरोकारवालाहरूसंगको समन्वयमार्फत ब्यवस्थित गरिने सर्वोच्च अदालतका सहप्रवक्ता देबेन्द्र ढकालले बताए। सर्वोच्च अदालतले आफ्नो न्यायपालिकाको चालू रणनीतिक योजनामा प्रविधी मैत्री बहस बनाउने लक्ष्य लिएको छ ।



Author

थप समाचार
x