अदालत

राष्ट्रपति र प्रधानमन्त्रीले निर्लज्ज खेल खेले : वरिष्ठ अधिवक्ता शम्भु थापा

इकागज |
जेठ १३, २०७८ बिहिवार १५:१४ बजे

काठमाडौँ  :  वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्लज्ज खेल खेलेको आरोप लगाएका छन् । सभामुख अग्प्रिसाद सापकोटाले संविधानविद् तथा कानुनविद्हरुसँग गरेको छलफलमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर हरहिसाब गरी निर्लज्ज खेल खेलेको आरोप लगाएका हुन् ।  

‘संविधान सभाको संविधान कहिल्यै मर्दैन । यो संविधान संविधान सभाले बनाएको हो । अर्काे संविधान बन्ने प्रक्रिया छैन,’ उनले भने, ‘संविधानलाई कसैले मार्न सक्दैन । संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । किचेनमा बसेर प्रधानमन्त्री र राष्ट्रपतिले हरहिसाब गरेर खेल खेल्नु भएको छ । अदालतमा निर्लज्ज छ । कुनै पनि हालतमा सरकार छोड्दिन भन्नु भएको छ ।’ 


बहुमतको प्रधानमन्त्री दाबी गरेर गइसकेको अवस्थामा नयाँ कागज बनाउने अधिकार राष्ट्रपतिलाई कस्ले दिएको भन्दै थापाले प्रश्न गरे ।  


Author

थप समाचार
x