अदालत

संवैधानिक इजलासमा रिट निवेदकहरूको तर्क

'विश्वास मत नपाएको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सक्दैन'

इकागज |
जेठ १४, २०७८ शुक्रबार १३:११ बजे

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले प्रतिनिधि सभा विघटनविरुद्धमा परेका रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । रिट निवेदकहरूले अहिले बहस गरिरहेका छन् । अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएकोले अब अदालतकै भरोसा रहेको बताए ।

'प्रधानमन्त्रीले विश्वासको मत पनि लिनु भएन, राजीनामा पनि दिनुभएको छैन। अब अदालतकै भरोसा छ ,' उनले भने । अधिवक्ता सुजन नेपालले धारा ७६ (४) को प्रक्रिया पूरा नगरी ७६(५)मा जान नपाइने तर्क गरे । यसो गर्न कि राजीनामा दिनुपर्ने कि विश्वासको मत लिनुमा प्रधानमन्‍त्री ओलीले त्‍यसो नगरेको उनले बताए । 


अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेड्करले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको तर्क गरे । ओली ७६(२)मा विश्वासको मत पाउन नसकेर ७६(३)मा नियुक्त भएको प्रधानमन्त्री भएको भन्‍दै विश्वासको मत नपाएको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नसक्‍ने तर्क गरे । 'प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन,' उनले भने, 'ओली ७६(२)मा विश्वासको मत पाउन नसकेर ७६(३)मा नियुक्त भएको प्रधानमन्त्री हो।  विश्वासको मत नपाएको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सक्दैन ।'


Author

थप समाचार
x