अदालत

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दा-हेर्दैमा

इकागज |
जेठ १६, २०७८ आइतबार १६:३३ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा भोलि पनि सुनुवाइ हुने भएको छ । आज आइतबार पनि न्यायाधीशमाथि प्रश्न उठेको विषयमा बहस नसकिएपछि संवैधानिक इजलासको सुनुवाइ भोलि पनि हुने भएको हो ।  

आजको इजलासमा पनि रिट निवेदकतर्फका वकिलहरूले न्यायाधीशहरु बमकुमार श्रेष्ठ, तेजबहादुर केसी संवैधानिक इजलासमा बस्न नहुने भन्दै आपत्ति जनाएका थिए ।  अधिवक्ताहरुले न्यायाधीशको विषयमा प्रश्न गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश वकिलले छान्ने होइन भन्ने प्रतिप्रश्न पनि गरेका थिए ।   


सर्वोच्च अदालत प्रशासन स्रोतले न्यायाधीशद्वय श्रेष्ठ र केसी संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्नेबारे भोलि निर्णय हुने र त्यसपछि मुद्दाको सुनुवाइ हुने बताएको छ। 


Author

थप समाचार
x