अदालत

सर्वोच्च बारका पदाधिकारी र प्रधानन्यायाधीश राणाबीच छलफल जारी

इकागज |
जेठ १८, २०७८ मंगलबार ११:१५ बजे

फाइल फोटो

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस चलिरहेका बेला सर्वोच्च बारका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाबीच भेटवार्ता सुरु भएको छ । सर्वोच्च अदालतमा उनीहरुबीच भेटवार्ता केही बेरअघि सुरु भएको हो ।

पछिल्लो समय प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बसेका न्यायाधीशका विषयमा प्रश्न उठेपछि सर्वोच्च बारका पदाधिकारीले प्रधान्यायाधीश राणासँग भेटेर यसबारे छलफल गर्न लागेका हुन् ।


भेटवार्तामा प्रतिनिधि सभा विघटनका विषयमा चलिरहेको बहस, न्यायाधीशमाथिको प्रश्न र समसामयिक विषयमा छलफल हुने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस चलिरहदा इजलासमा बसेका न्यायाधीशबारे कानुनविदले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले न्यायाधीश छान्ने अधिकार अरुलाई नभएको भन्दै जवाफ दिएका थिए । जसको आलोचना भइरहेको छ भने बहस गर्ने कानुनविदले समेत त्यसमाथि टिप्पणी गर्दै आएका छन् । 


Author

थप समाचार
x