अदालत

संवैधनिक इजलास : दुई न्यायाधीश किन बाहिरिए, दुई किन बाहिरिएनन् ? (रायसहित)

इकागज |
जेठ १८, २०७८ मगलवार १५:१५ बजे

काठमाडौँ : संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुने निर्णय गरेका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा न्यायाधीशमाथि प्रश्न उठेपछि उनीहरूले इजलासबाट बाहिरिने निर्णय लिएका हुन् ।

तर, संवैधानिक इजलासमा न्यायाधीशद्वय कार्की र भट्टराईका विषयमा प्रश्न उठेको थिएन ।


कानुन व्यवसायीहरुबाट प्रश्न खेपेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट बाहिरिन अस्वीकार गरेपछि दुई न्यायाधीशद्वय कार्की  र भट्टराई मंगलबार इजलासबाट बाहिरिएका हुन् ।

त्यस्तै प्रश्न खेपेका न्यायाधीशद्वय श्रेष्ठ र केसीले पनि संवैधानिक इजलासमा आफ्नो राय राखेका छन् । विघटित प्रतिनिधि सभा पुनःस्थापना पक्षधर कानुन व्यवसायीले दुबै न्यायाधीशलाई ‘सत्तारुढ नेकपा’ अलग प्रकरणसँग जोडिएका कारणले न्यायाधीशलाई स्वीकार गर्न चाहेका थिएनन् । 

हेर्नुस् उनीहरूको राय :


Author

थप समाचार
x