अदालत

प्रधानन्यायाधीश राणाले बोलाए ‘फुलकोर्ट’ बैठक

इकागज |
जेठ २०, २०७८ बिहीबार २०:६ बजे

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्चले संवैधानिक इजलास र बन्दी प्रत्यक्षीकरणबाहेकका सेवामा संकुचन गरेको र 'भर्चुअल' रूपमा बहस सुन्ने व्यवस्थासँगै अरु सेवा बिस्तार गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

सर्वोच्च स्रोतका अनुसार बैठकले कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी तारेख लगायतका काम कारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो । त्यो फुकाउने या जारी राख्ने विषयमा बैठकमा छलफल हुनेछ । 


प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि रोकिएको अवस्थामा बोलाइएको पूर्ण बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश जबराले २३ जेठमा अर्को संवैधानिक इजलास गठन गर्ने बताएका छन् । 

सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरूले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने कानुनी व्यवस्था गर्न प्रधानन्यायाधीश जबरासँग माग गरेका थिए । 
 


Author

थप समाचार
x