अदालत

नागरिकता अध्यादेश सम्बन्धी मुद्दा : संवैधानिक इजलासको सुनुवाइ हेर्दाहेर्दैमा

इकागज |
जेठ २१, २०७८ शुक्रबार १५:४ बजे

काठमाडौँ : काठमाडौं : नागरिकता अध्यादेशविरुद्ध परेका रिटमाथिको संवैधानिक इजलासको सुनुवाइ हेर्दाहर्दै राखिएको छ । शुक्रबार सुरु भएको सुनुवाइको अर्को पेशी जेठ २७ गते राखिएको हो ।

९ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न शुक्रबार नै उक्त इजलास गठन गरिएको हो । इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।



Author

थप समाचार
x