अदालत

प्रधानन्यायाधीशलाई सन्‍चो नभएपछि संवैधानिक इजलास स्‍थगित

इकागज |
जेठ २४, २०७८ सोमबार ११:१४ बजे

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सन्‍चो नभएपछि आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ आइतबार हेर्दाहर्दैमा राखिएको थियो । आज प्रधानन्यायाधीशलाई सन्‍चो नभएकोले संवैधानिक इजलाश स्‍थिगत भएको हो ।

आइतबार वरिष्ठताका आधारमा प्रधानन्यायाधीश जबराले इजलास पुनर्गठन गरेका थिए । तर, सुनुवाइका क्रममा सत्ता पक्ष तर्फका कानुन व्यवसायीले न्यायाधीशमाथि प्रश्‍न उठाएपछि मूल विषयमा प्रवेशै नगरी विघटनविरुद्धका रिट हेर्दाहेर्दैमा राखिएको थियो । 



Author

थप समाचार
x