अदालत

यी पाँचबाहेक सबै मन्त्री पदमुक्त

इकागज |
असार ८, २०७८ मंगलबार १६:५९ बजे

काठमाडौँ : सर्वाेच्च अदालतले गत जेठ २१ र जेठ २७ गते मन्त्रिपरिषद् विस्तार हुँदा थपिएका २० मन्त्री पद मुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णु पौडेल तथा मन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ, लिलानाथ श्रेष्ठबाहेक सबै मन्त्री पदमुक्त भएका हुन् ।  

जनता समाजवादी पार्टी (जसपा)को ठाकुर समूह,  नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका र नेकपा एमालेका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले  मन्त्रिपरिषद् विस्तार गरेका थिए। मन्त्रिपरिषद् विस्तार भएपछि अधिवक्ता दिनेश त्रिपाठीले यसरी विस्तार भएको मन्त्रिपरिषद् असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरुको पदमुक्त गर्दै काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।  


Author

थप समाचार
x