अदालत

संविधान, लोकतन्त्र र पद्धतिको रक्षा गर्ने आदेश आयो : नारायणकाजी श्रेष्ठ

'राष्ट्रपतिसँग मिलेर जे पनि गर्न सकिन्छ भन्‍ने ओली दम्भको अन्त्य'

इकागज |
असार ८, २०७८ मंगलबार १७:४९ बजे

काठमाडौँ : सर्वोच्च अदालतको आजको आदेशले 'प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर जे पनि गर्न सकिन्छ भन्ने नजिरलाई जवाफ दिने काम गरेको' माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 

उनले भने, 'प्रधानमनत्रीले राष्ट्रपतिसँग मिलेर संविधानको धज्जी उडाएको जगजाहेर थियो विधि र प्रक्रिया हेर्ने निकाय सर्वोच्च अदालत पनि यसमा स्पष्ट भएर फैसला गरेको छ । आफैले संसद् विघटन गरेपछि मन्त्रीपरिषद् विस्तार गर्न नसक्ने स्पष्ट थियो तर त्यसमा धोका दिँदै राष्ट्रपतिलाई साथमा लिएर जथाभावि गर्ने काम प्रधानमन्त्रीले गरेका थिए ।'


राष्ट्रपतिको सहयोग लिएर जे पनि गर्ने र निरंकुशता हाबी भएको पनि उनले बताउँदै भने, ‘त्यो प्रवृत्ति अति भएको थियो । अदालतले संविधान, लोकतन्त्र र पद्धतिको रक्षा गर्ने काम गरेको छ ।’  

यसालाई आधार मानेर आगामी फैसला वा आदेशको पुर्वानुमान गर्न मिल्दैन भन्दै उनले भने, ‘संविधान र कानुनको आधारमा फैसला गर्ने हो । अदालतले ओली सरकारका नचाहिँदा काम कार्यावन्यन गर्न नदिने कार्य भएको छ ।’ 

संविधान र राष्ट्रको पक्षमा अग्रसरता मात्र नभई राष्ट्रहितका रक्षामा सकारात्मक सन्देशको रुपा पनि लिनुपर्ने उनले बताए । 'निरंकुशता र अहंमता कहिल्यै टिक्दैन' भन्दै उनले भने, 'यस्ता फैसलाको बारेमा छलफल हुनुपर्छ ।'

राजनीतिक तहमा बहस हुँदै राजनीतिक विषय यो तहमा लैजान मिल्दैन भन्दै विधि र पद्धतिमा सरकारअघि बढ्न पर्ने उनको बताए ।


Author

थप समाचार
x