अदालत

ओलीको तानाशाह बन्‍ने महत्वकांक्षामा अदालतको लगाम : वरिष्ठ अधिवक्ता त्रिपाठी

इकागज |
असार ८, २०७८ मंगलबार १८:० बजे

काठमाडौँ : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाह बन्‍ने महत्वाकांक्षामा सर्वोच्चले लगाम लगाइदिएको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद् विस्तारविरुद्ध अदालतको अन्तरिम आदेशपछि सर्वोच्च परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरूले माग दाबी गरे बमोजिम अन्तरिम आदेश आएको बताए ।  

‘संविधानको उहाँ(प्रधानमन्त्री ओली)ले पटक-पटक हुर्मत लिँदै आउनु भएको छ,’ उनले भने, ‘संविधानलाई क्षतविक्षेत गर्ने कार्य गर्नु भएको छ । ध्वस्त गर्दै आउनु भएको छ । तर, सर्वोच्च अदालतले आज उहाँको तानाशाही बन्‍ने, अधिनायकवादी बन्‍ने महत्वकांक्षामा लगाम लगाइदियो, ध्वस्त गरिदियो ।’ 



Author

थप समाचार
x