अदालत

प्रधान न्यायाधीशको प्रश्‍न

'विश्वासको मत नपाएरै ७६ (३) को प्रधानमन्त्री बनेको होइन ? अनि विश्वासको मत नपाएर ५ मा किन जान नपाउने ?

इकागज |
असार ९, २०७८ बुधबार १३:१० बजे

काठमाडौँ : प्रधान न्यायाधीश चोलेन्‍द्र शमशेर जबराले स‌ंविधानको धारा ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान किन मिल्दैन भन्‍दै प्रश्न गरेका छन् । प्रतिनिध सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा रिट निवेककको तर्फबाट अधिवक्‍ता गोविन्द बन्दीले बहस गरेपछि प्रधानन्‍यायाधीश जबराले यस्‍तो प्रश्‍न गरेका हुन् । उनले सोधेका छन्, 'विश्वासको मत नपाएरै ७६ (३) को प्रधानमन्त्री बनेको होइन ? अनि विश्वासको मत नपाएर ५ मा किन जान नपाउने ? प्रक्रिया सुरू हुनलाई ४ को प्रक्रिया नपुगी हुँदैन भन्ने हो ?'

प्रधानन्‍याधीशको प्रश्‍नमा अधिवक्‍ता बन्‍दीले प्रधानमन्‍त्री ओलीले मै प्रधानमन्त्री बन्नुपर्छ भन्ने दाबी गर्दा यो वितन्डा निम्तिएको बताए । 'विश्वास गर्न नसकेकै कारण अल्पमतको सरकार बनाउनुपरेको छ,' उनले भने, 'उसैले वैकल्पिक सरकारको दाबी गर्न मिल्छ ? कन्‍फिडेन्‍स लूज गरेको सरकार हो भनेर उहाँले अघि नै स्वीकार गरिसकेको अवस्था हो । विश्वास मत लिन नसकेपछि उहाँले राजिनामा दिएर अरु सदस्यलाई संसदीय दलको नेता बनाउनुपर्थ्यो । यो लोकतान्त्रिक अभ्यास हो । उहाँले मै प्रधानमन्त्री बन्नुपर्छ भन्ने दाबी गर्दा यो वितन्डा निम्तिएको हो ।'


 


Author

थप समाचार
x