डिआइजी श्रेष्ठ पुनः बर्खास्त
काठमाडौँ - सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ पुन पदमुक्त भएका छन् । सर्वाेच्च अदालतको अन्तरकालीन आदेशबाट पुनर्वहाली भएका श्रेष्ठको मुद्दालाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले सुनुवाइ गर्दै पुनः पदमुक्त गरेको हो । योसँगै पुनर्बहालीका लागि दिइएको अन्तरिम आदेश पनि खारेज गरेको हो ।
यसअघि श्रेष्ठको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्बहाली गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया