अदालत

'अदालतको विषय आफ्नो सुविधा अनुसार व्याख्या गर्न हुँदैन'

इकागज |
साउन २३, २०७८ शनिबार १८:४ बजे

काठमाडौँ - संविधानविद् डा. विपिन अधिकारीले  नेपालका केही कानुनी पण्डितहरूले सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या गरेको आरोप लगाएका छन् ।  ‘सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्नु हाँस्यास्पद र आफू अनुकुलको व्याख्या हो,’ संविधानविद डा. अधिकारीले भने ।   

संविधानको धारा ७६ (५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या गरिरहेका छन् । यो दुर्भाग्य पूर्ण छ भन्दै उनले भने , ‘अदालतको विषय आफ्नो सुविधा अनुसार व्याख्या गर्न हुँदैन ।’ 


सर्वोच्चले संसदलाई ह्वीप नलाग्‍ने भनेर फैसला नगरेको उनले बताए । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने, ‘दलको ह्वीप लागेन भने संसद पनि चल्दैन र संसदीय व्यवस्था पनि टिक्दैन । यस्तो निर्णय गरेको होइन । फैसला हेर्नु । कुन सन्दर्भमा कस्तो निर्णय लिएको छ ।’

अदालतले सांसदहरूलाई दलको ह्वीप लाग्दैन भन्‍नै सक्दैन भन्दै उनले भने, ‘अदालतले राजनीतिक दलसम्वन्धी कानुन हेर्दैन र ?’ देउवालाई समर्थन गरेर केही एमालेका सांसदहरू राष्ट्रपति समक्ष जाँदा पार्टीले ह्वीप जारी नगरेको पाटोबाट पनि केलाउन आवश्यक रहेको उनको भनाइ छ । 
 


Author

थप समाचार
x