अदालत

सर्वोच्चकाका पूर्व न्यायाधीश पण्डितको निधन

इकागज |
कात्तिक १०, २०७८ बुधबार १६:२८ बजे

फाइल फोटो

काठमाडाैँ :  सर्वोच्च अदालतका पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएको छ । तनहुँमा १९९९ सालमा जन्मिएका पण्डितको ७९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।

२०२७ सालमा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका पण्डित २०४८ सालमा पुनरावदेन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश हुँदै २०६१ सालमा अस्थायी न्यायाधीशका रुपमा सर्वोच्चमा प्रवेश गरेका थिए ।


२०६४ सालमा उमेरहदका कारण अनिवार्य अवकाश पाएका पण्डित त्यसयता स्वतन्त्र न्यायपालिका र निष्पक्ष न्याय सम्पादनको वकालत गर्दै आएका थिए । पण्डितको निधनप्रति शोक वक्तव्य जारी गर्दै सर्वोच्च अदालतले उनको निधनबाट न्याय र कानूनको क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

साथै सर्वोच्च अदालतमा बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पण्डितप्रति श्रद्धाञ्जलीसहित परिवारजनमा समवेदना व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । 


Author

थप समाचार
x