अदालत

प्रधानन्यायाधीशले घरबाटै गठन गरे आफूबाहेकका १० इजलास

इकागज |
कात्तिक २८, २०७८ आइतबार १०:५७ बजे

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेकका १० वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधबीच जबराले आइतबारका लागि १० वटा इजलास गठन गरेका हुन् । 

नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् । उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । 


नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजास नबस्ने बताएका छन् ।


Author

थप समाचार
x