अदालत

मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने ‘फूलकोर्ट’को निर्णय

इकागज |
मंसिर ९, २०७८ बिहिवार १५:१२ बजे

फाइल फोटो

काठमाडौँ - सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएपछि बिहीबार बसेको फूलकोर्ट बैठकले आउँदो बुधबार अर्थात १५ गतेदेखि लागू गर्ने निर्णय गरेको हो ।

संशोधन गरिएको नियमावलीमा सर्वोच्चमा अबदेखि गोलाप्रथाबाट पेशी तोक्ने उल्लेख छ । यसअघि प्रधानन्यायाधीश राणाले पेशी तोक्दै आएका थिए । तर त्यसरी पेशी तोक्दा ‘सेटिङ’ गरेर न्याय किनबेच गरेको आरोप कानुन व्यवसायीले प्रधानन्यायाधीश राणामाथि लगाएका थिए । गोलाप्रथाबाट पेशी तोक्नुपर्ने मागसहित बारका कानुन व्यवसायीले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका छन् ।


नियमावली सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको थियो । 


Author

थप समाचार
x