अदालत

सर्वोच्चमा आज पेशी नै तोकिएन

इकागज |
मंसिर १६, २०७८ बिहीबार १२:५३ बजे

फाइल फोटो

काठमाडौँ - कार्यवाहक प्रधानन्यायाधीश नतोकिएको भन्दै सर्वोच्च अदालतमा आज पेशी तोकिएको छैन । बुधबारदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोभिड संक्रमित भएर अस्पताल भर्ना भएपछि कार्यवाहक नतोकिएको भन्दै आज पेशी नतोकिएको हो ।

पेशी नतोकिदा सर्वोच्चको वेबसाइटमा आज पेशी सूची छैन । कानुन व्यवसायीले वरिष्ठताका आधारमा कार्यवाहक प्रधानन्यायाधीश तोकेर मात्रै इजलासमा मुद्दाको सुनुवाइ हुनुपर्ने माग गर्दै आएका छन् । 



Author

थप समाचार
x