अदालत

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

इकागज |
मंसिर १७, २०७८ शुक्रवार ११:७ बजे

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोभिड संक्रमित भएपछि शसस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचाररत जबरा आज (शुक्रबार) डिस्चार्ज भएका हुन् ।

कोभिड संक्रमण भएपछि १३ मंसिरमा जबरा अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएका पाँचौँ दिनमा शुक्रबार प्रधानन्यायाधीश जबरा डिस्चार्ज भएको नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।


१३ मंसिरदेखि एपीएफ अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उनी उपचाररत रहेका  थिए । 


 


Author

थप समाचार
x