अदालत

प्रधानन्यायधीशको राजीनामा माग गर्दै आज पनि सर्वोच्चमा धर्ना

इकागज |
मंसिर १९, २०७८ आइतवार १४:१४ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रधानन्यायधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले आइतबार पनि सर्वोच्चमा धर्ना दिएका छन् । 

कालो ब्यानरमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आइतबार पनि विरोध प्रदर्शन गरेका हुन । प्रर्दशनमा सहभागीहरुले प्रधानन्यायधीशले राजीनामा दिनुपर्ने, बिचौलियालाई कारवाही गर्नुपर्ने लगायतका माग राखेका थिए । 


हड्ताल गर्ने न्यायाधीशहरु र बारको आन्दोलनका अगुवाई गरेका अधिवक्ताहरु नै ईजलासमा फर्किएपछि बारको आन्दोलन कमजोर देखिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफुहरुको आन्दोलन ११ देखि १२ बजेसम्म भएकाले सो अवधिमा इजलास नराख्न आग्रह गरे । 

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।


Author

थप समाचार
x