अदालत

कोभिड महामारीबीच पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै बार

इकागज |
माघ ५, २०७८ बुधबार १३:४८ बजे

फाइल फाेटाे

काठमाडौँ - सर्वोच्च अदालतले कोभिड महामारीको बढ्दो प्रभावलाई ध्यानमा राखेर बुधबारदेखि आफ्ना सेवा संकुचन गरेको छ । 

महामारीलाई ध्यानमा राखेर कम जनशक्तिले अत्यावश्यक काम मात्र गर्ने निर्णय गरेको सर्वोच्चले जनाएको छ । यस्तै मुद्दा दर्ता, निवेदन र अन्य तारेख दिनेलगायतका विषयमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्ने पनि सर्वोच्चले जनाएको छ । यसैगरी बैठकले बन्दीप्रत्यक्षीकरण र कोभिडसँग सम्बधित जरुरी प्रकृतिका रिट निवेदनको भने नियमित सुनुवाइ हुनेछ ।


यसैबीच कोभिड महामारीबीच पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् । प्रधानन्यायधीशका कारण न्यायलय नै भ्रष्ट भएको भन्दै उनीहरुले राजीनामाको माग गदै निरन्तर आन्दोलन गरिरहेका छन् । 


Author

थप समाचार
x