अदालत

बारले भर्चुअलरूपमा आन्दोलनलाई निरन्तरता दिने

इकागज |
माघ ५, २०७८ बुधवार १९:१३ बजे

काठमाडाैँ – नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसङ्गतिविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस सङ्क्रमणको जाेखिमका कारण ‘भर्चुअल’ रूपमा गर्ने भएको छ ।

बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको र यही माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको भर्चुअल माध्यमबाट निरन्तरता दिने उल्लेख छ ।


बारले कोरोना सङ्क्रमणबाट आम कानुन व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारीलाई बच्न र बचाउनका लागि  आन्दोलन, धर्नाका कार्यक्रमलाई हाललाई आन्दोलनको स्वरूप परिवर्तन गरी भर्चुअलरूपमा गर्न लागेको जनाएको छ ।


Author

थप समाचार
x