अदालत

बारले आजबाट भर्चुअल माध्यमबाट आन्दोलन गर्ने

इकागज |
माघ ६, २०७८ बिहीबार १३:४९ बजे

काठमाडौँ- प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले बिहीबारदेखि आन्दोलनको स्वरुप फेरेको छ । 

कोभिड महामारी बढेपछि बारले बिहीबारदेखि भर्चुअल माध्यमबाट अन्र्तक्रिया गरी आन्दोलनलाई निरन्तरता दिएको हो । न्यायपालिकाको गरिमा कायम राख, विवादित प्रधानन्यायधीश राजीनामा गर भन्दै बारले भर्चुअल रुपमा आन्दोलन गरेको हो ।


प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै कोभिडका कारण भर्चुअल माध्यमबाट भएपनि आन्दोलनलाई जारी राखिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । 

कोभिडका कारण कानुन व्यवसायी र सेवाग्राहीहरु समस्यामा परेको र श्रेष्ठले अझै पनि राजीनामा नदिएको भन्दै ९० वटा बार इकाइहरुसंग छलफल सुरु गरिएको बताए । 

यसबीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सक्रिय भई थप भूमिका लिन खोजे भौतिक रूपमै विरोध कार्यक्रम गर्ने उनले बताए । 

न्यायपालिकालाई स्वतन्त्र र नियमित रुपमा सञ्चालन गर्न प्रधानन्यायाधीशको राजीनामा अन्तिम विकल्प बनेको भन्दै आन्दोलनलाई निरन्तर जारी राख्नुको विकल्प नभएको बारको भनाई छ । 


Author

थप समाचार
x