अदालत

प्रतिनिधि सभा विघटन

मंगलबारको बहस सकियो, मुद्दा हेर्दाहेर्दैमा

इकागज |
माघ १३, २०७७ मंगलबार १५:५८ बजे

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस मंगलबारका लागि सकिएको छ । मंगलबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्तात्रय शम्भू थापा, सुरेन्द्र महतो र शेरबहादुर केसीले बहस गरे ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधान अनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था नरहेको बताए। थापाले इजलासमा न्यायाधीशको संख्या थपेर वृहत इजलासबाटै मुद्दाको टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले भने ठाउँ र भौतिक पूर्वाधार अभावमा थप्‍न नसकिने बताएका थिए । 


यसअघि रिट निवेदकले वृहतपूर्ण इजलासमै मुद्दाको सुनुवाइ गर्नुपर्ने माग गरेका थिए । झण्डै एक महिना लामो बहसपछि प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ गर्ने आदेश दिएका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए ।


Author

थप समाचार
x