अदालत

भोलिबाट १०‍-१५ मिनेटभन्दा बढी समय दिन्‍नौँ : प्रधानन्यायाधीश राणा

इकागज |
माघ १४, २०७७ बुधवार १६:४३ बजे

काठमाडौँ :  प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस बुधबारका लागि सकिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने अधिवक्ताहरुले अब जम्मा १५ मिनेट समय पाउनेछन् ।

बुधबारको बहसको अन्तिममा प्रधानन्यायाधीशले भने, ‘समयको कुरा तपाईंहरु आफैले बुझ्नुपर्ने कुरा हो ।  भोलिबाट १०/१५ मिनेट भन्दा बढी दिन्‍नौँ। विध्वान, वरिष्ठ सबै मित्रहरूलाई।‍’ प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए । 
 



Author

थप समाचार
x