अदालत

प्रधानमन्त्री ओलीलाई सर्वोच्चमा उपस्थित गराउन माग

इकागज |
माघ १५, २०७७ बिहीबार १४:१९ बजे

काठमाडौं : कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वाेच्‍चमा उपस्थित गराउन माग गरेका छन् । प्रधानमन्‍त्रीविरुद्धको अवेहलना मुद्दामा बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्‍त्री ओलीलाई तीन दिनभित्र इजलाशमा बोलाएर लिखित जवाफ पेश गराउन माग गरेका हुन् । 

प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमाथि व्यक्तिगत टिप्पणी गरेको भन्‍दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्‍ता कञ्‍चनकृष्ण न्यौपानेले निवेदन दर्ता गराएका थिए ।


निवेदनमा वहस गर्दै कानुन व्‍यवसायीहरूले प्रधानमन्‍त्रीलाई इजलासमा बोलाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कञ्‍चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीलगायतले बहस गरेका थिए । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा मुद्दा सुनुवाइ जारी छ ।


Author

थप समाचार
x