अदालत

'सर्वोच्चको गरेको निर्णयले संविधान बचाउने काम गरेको छ'

इकागज |
फागुन ११, २०७७ मंगलबार २०:४ बजे

फाइल तस्बिर

काठमाडौँ : पूर्वप्रधान न्यायाधीश मिनबहादुर रायमाझीले सर्वोच्च अदालतले गरेको निर्णयले संविधान बचाउने काम भएको बताएका छन् । जनताको लामो संघर्षबाट प्राप्त उपलब्धी बचाउने काम फैसलाले गरेको छ । 

सर्वाेच्चको यो फैसालाले आफू खुसी भएको भन्दै उनले भने, ‘पक्कै आम जनतामा पनि प्राप्त उपलब्धि बचेको भन्दै खुसी व्यक्त भएका होलान् ।’ आफूले पूर्ण फैसाला पढेपछि विस्तृतमा धारणा राख्‍न सक्ने तर पनि फैसलाले आम जनतामा खुसीको बहार ल्याएको देख्दैछु । 


रायमाझी सहित चार पूर्व न्ययाधीशले सरकारको कदम गैर संवैधानिक भन्दै विज्ञप्ती जारी गरेका थिए । अदालतमा रहेको विषयमा बोलेको भन्दै आफै उपस्थित भएर जवाफ दिन समेत आदेश जारी भएको थियो । चारै पूर्व न्यायाधीशहरु अदालत पुगेर आफ्नो जफाव दिएका थिए । जवाफमा नि प्रधानमन्त्रीको कदम गैर संवैधानिक भनिएको थियो ।
 


Author

थप समाचार
x