अदालत

अधिवक्ता केसीको कानुन व्यवसायी प्रमाणपत्र रद्द

इकागज |
बैशाख २८, २०७९ बुधबार २२:२१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल कानुन व्यवसायी परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका काठमाडौँ जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी (खत्री) को कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ ।

परिषद्का सचिव मोना सिंहले आज जारी गरेको सूचनामा परिषद्को अनुशासन समितिको २०७९ वैशाख १६ गते बसेको बैठकले उक्त निर्णय गरेको उल्लेख छ ।


परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका अधिवक्ता केसीको प्रमाणपत्र नम्बर ८२५६ को कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।


Author

थप समाचार
x