कोभिड-१९

न्युयोर्कमा फेरि बढ्‍यो कोरोना

इकागज |
जेठ ४, २०७९ बुधबार १६:३६ बजे

न्युयोर्क- अमेरिकाको न्युयोर्कमा कोरोना भाइरस फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा कोरोना फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ । महामारीको “मध्यम खतरा”मा रहेको न्युयोर्क अहिले 'उच्च खतरा'मा बर्गिकृत भएको अधिकारीहरुले जनाएका छन् । मध्यम जोखिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो ।  

महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दवाव सृजना भएको छ । महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन् । 


कोरोना महामारी नियन्त्रण सम्वन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन् ।

कोरोना सर्ने उच्च खोजिमपूर्ण गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । (एएनआई)


Author

थप समाचार
x