कोभिड-१९

थप ६ जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
जेठ ८, २०७९ आइतबार १६:५१ बजे

फाइल फोटो

काठमाडौँ  - नेपालमा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ९६ पीसीआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

५ सय ३० एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोभिड संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार पनि कोभिडका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ७५ जना निको भएका छन् । 


हाल नेपालमा १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x