कोभिड-१९

थप १० जनामा कोभिड संक्रमण

इकागज |
जेठ ९, २०७९ सोमबार १७:४३ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप १० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ३३ पीसीआर परीक्षणका क्रममा ८ जना र ५ सय ३५ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना कोभिड संक्रमण पुष्टि भएको हो । 

कोभिडका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।                       



Author

थप समाचार
x