कोभिड-१९

दुई सातापछि बिहीबार देशभर २१ जना कोभिड संक्रमित पुष्‍टि

इकागज |
जेठ १२, २०७९ बिहीबार १६:४७ बजे

काठमाडौँ- देशभर २४ घण्टामा २१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ६ सय २८ जनाको परीक्षण भएको छ ।

करिब दुई सातापछि आज २१ जना संक्रमित थपिएका हुन् । वैशाख २८ गते २१ जना संक्रमित देखा परेका थिए । केही दिन यता निरन्तर २१ जना भन्दा कम संख्यामा सक्रमित देखा परेको थियो ।


आज १३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ६७ हजार २४ जना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै, आज ६३ हजार ३ सय ८५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

देशभर सक्रिय संक्रमति १ सय १९ जना छन् । हालसम्म कोभिड-१९ संक्रमणका कारण ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भइसकेको छ ।


Author

थप समाचार
x