कोभिड-१९

कोभिडविरुद्ध बालबालिकालाई लगाइने २२ लाख डोज खोप नेपाल आइपुग्‍यो

इकागज |
असार ६, २०७९ सोमबार ७:१५ बजे

काठमाडौँ- अमेरिकाले करिब २२ लाख मात्रा कोभिड-१९ विरुद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । पाँच देखि ११ वर्षका बालबालिकालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने जनाइएको छ ।


अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्‍न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आग्रह गरेको छ ।


Author

थप समाचार
x