कोभिड-१९

थप ३१ जनामा कोभिड पुष्टि

इकागज |
असार ८, २०७९ बुधबार १७:१९ बजे

काठमाडौँ- नेपालमा थप ३१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परीक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टिजेन परीक्षणका क्रममा ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । कोभिड १९ का कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १० जना निको भएका छन् ।


हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ३० जना निको भएका छन् । हाल नेपालमा १ सय ४२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । 


Author

थप समाचार
x