कोभिड-१९

कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप

इकागज |
असार ९, २०७९ बिहीबार २०:९ बजे

दार्चुला- जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो ।    
    
 यसअघि कोरोना खोप लगाउन छुटेका तथा बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको जिल्ला कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तले बताए ।    
    
कारागारमा रहेका २९ जना कैदीबन्दी तथा दुई जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको हो । कारागारमा हाल ५२ जना कैदी र १९ जना बन्दी रहेका छन् भने एक जना महिला बन्दी छन् । कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी भएपछि यो वर्ष एक कोठा थप निर्माण गरिएको पन्तले बताए ।    
    
 ‘घ’ श्रेणीको कारागारमा २५ जना पुरुष र १५ जना महिला कैदीबन्दीको क्षमता हो । कारागार जीर्ण भए पनि मर्मत गर्दै कैदीबन्दी राख्ने व्यवस्था मिलाइएको कारागार प्रशासनले जनाएको छ ।



Author

थप समाचार
x