कोभिड-१९

थप २७ जनामा कोभिड संक्रमण

इकागज |
असार ११, २०७९ शनिबार १६:४८ बजे

नेपालमा थप २७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ सय ३७ पिसिआर परीक्षणका क्रममा २३ जना र ८ सय ६५ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ७२ जना निको भएका छन् । हाल नेपालमा १ सय ८८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x