कोभिड-१९

सोमबार देशभर थपिए ४१ कोभिड संक्रमित

इकागज |
असार १३, २०७९ सोमवार १५:५० बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर २४ घण्टामा ४१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ३ सय ५८ जनाको कोभिड परीक्षण गरिएको हो ।

त्यस्तै, २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ६७ हजार ४ सय ९ जना संक्रमणमुक्त भइसकेका छन् । देशभर ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।


आज मात्र १ लाख २७ हजार ७९२ जनाले कोभिड खोप लगाएका छन् । देशभर सक्रिय संक्रमित २०८ जना छन् ।


Author

थप समाचार
x